Setopana.com
सशस्त्र प्रहरी बल कालिका गण र जिएमसीबिच संझौता

सशस्त्र प्रहरी बल कालिका गण र गण्डकी मेडिकल कलेज जिएमसीबिच स्वास्थ्य सुविधामा छुट दिने सम्बन्धी संझौता भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरूणकुमार शर्मा र गण्डकी मेडिकल कलेज जिएमसी नयाँबजार पोखराका प्रिन्सिपल प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठबिच बुधबार संझौता भएको हो ।

गण्डकी प्रदेशमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी तथा परिवारजन, गण्डकी प्रदेशभित्र बसोबास गर्ने अवकास प्राप्त सशस्त्र प्रहरी तथा परिवारजन र अमर सशस्त्र प्रहरीका आश्रित परिवारजनहरूमा छुट उपलब्ध गराउने सम्बन्धी संझौता भएको हो । हस्ताक्षर गरेको मितिदेखि नै स्वास्थ्य सेवामा गण्डकी मेडिकल कलेजले संझौता अनुसार छुट दिने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update