Setopana.com
जेष्ठ नागरिकलाई आयुर्वेद सिविर

जेष्ठ नागरिकहरुको स्वास्थलाई ख्यालमा राख्दै विहिवार कास्कीको लेखनाथमा राखिएको बृहत्त आयुर्वे स्वास्थ सिविरमा एक सय ५१ जनाले सेवा लिएका छन् ।

आयुर्वेद औषधीको प्रयोग र यसले पार्ने प्रभावका बारेमा जानकारी दिने उदेस्यले लोक सास्कृतीक संरक्षण समिति र उज्ज्वल आमा समुहको आयोजना र गण्डकी आयुर्वेद औषधालयको प्राविधिक सहयोगमा संचालित सिविरमा पोखरा २६ को सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्रका बृद्ध बृदाका लागि स्वास्थ्य परामर्श,सुगर, प्रशरको परिक्षण,ग्याष्ट्रिक तथा वाथ रोगको पहिचान गरि निःशुल्क रुपमा औषधी वितरण गरिएको थियो ।

सिविरको उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा.विनोद विन्दु तिमिल्सेनाले रोग लाग्नु पर्व नै आफनो स्वास्थ्यका बारेमा समयमा नै ख्याल गरि हाम्रो भन्छामा हुने खानपिनलाई सन्तुलन गर्न नसक्दा विरामी पर्न सकिने भएकाले आयुर्वीक औषधीको प्रयोगबाट निरोगी वन्न सकिने सुझाव राखेको थिए ।

 आयोजक सस्था लोक सास्कृतीक संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका सचिव भीमनाथ अधिकारी, गण्डकी आयुर्वेद औषधालयका डाक्टर कुमार कौशल,प्राविधिक कृष्ण पौडेल लगाएतले जेष्ठ नागरिकलाई आयुर्वीक औषधीले राम्रो काम गर्ने भएकाले समयमा नै रोगको पहिचान गरि औषधीको प्रयोग गर्दा यसले सकरात्म प्रभाव पार्ने धारणा राखेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update