Setopana.com
पोखरा महानगरपालिका वडा नं. ४ मा निशुल्क आँखा स्वास्थ्य सिविर सम्पन्न

पोखरा महानगरपालिका वडा नम्बर–४ मा निशुल्क आँखा स्वास्थ्य सिविर सम्पन्न भएको छ । आँखा शिविरमा २९० जनाले लाभ लिएका सहरी स्वास्थ्य केन्द्र पोखरा–४ का प्रमुख सुजन पौडेलले जानकारी दिए ।

उनका अनुसार शिविरमा आएका वडावासी मध्य १० जनाको सल्यक्रिया गर्नुपर्ने भएकोले हिमालय आँखा अस्पताल रिफर गरिएको छ । १४० जनालाई चस्मा प्रदान गरिएको छ । शिविरमा आएका अधिकांसलाई खाँखामा लाग्ने विभिन्न औषधि प्रदान गरिएको छ ।

यसअघि स्वास्थ्य शिविरको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले ५० वर्ष माथिका वडावासीलाई मध्यनजर गरेर शिविर राखिएको जानकारी दिए ।

आफ्नो वडाबाट जेष्ठ नागरिक, बालबालिका, युवाका साथै महिला र अपांगता लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएका जानकारी दिँदै उनले शिविरमा सहभागी भएर लाभ लिन आग्रह गरेका थिए । आगामी दिनमा समेत यस्ता खालका शिविर लगायतका कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए ।

वडाध्यक्ष पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष एवं वडा सदस्य पार्वती माकाजु, वडासचिव राजुबहादुर कोइराला र सहरी स्वास्थ्य केन्द्रका प्रमुख सुजन पौडेल लगायतले बोलेका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर-४ को आयोजना, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग, रेडक्रस सोसाइटी वडा नम्बर ४ को समन्वय र सहरी स्वास्थ्य केन्द्र पोखरा ४को व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update