Setopana.com
कृषिक्रान्ति नै देशको समृ्द्धिको पहिलो आधार : डा. बाबुराम भट्टराई

जिक सञ्जालमा टिप्पणी गर्दै  जमीन र पानी सबभन्दा ठूलो प्रकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार भएको बताएका हुन् ।

उनले भनेका छन्-

सुनकोशी-मरिण डाइभर्जन प्रेजेक्टको सुरूंग निर्माणको सफलता सबैकानिम्ति खुशीको कुरा हो । यस सन्दर्भमा हामीले ध्यान दिनुपर्ने सबभन्दा महत्वपूर्ण कुरा के हो भने जमीन र पानी सबभन्दा ठूलो प्रकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार हो ।

तराई-मधेसमा खेतियोग्य जमीन धेरै भएको र पूर्व-पश्चिम महाभारत शृंखला भएर बग्ने कोशी,गण्डकी र कर्णाली नदीका शाखाहरू नै सिंचाइयोग्य पानीको सबभन्दा ठूलो श्रोत भएकाले ती नदीको पानीलाई तराई-मधेसमा डाइभर्सन गर्ने परियोजनालाई नै हामीले उच्च प्रथमिकता दिनुपर्छ ।

मेरो पालामा राष्ट्रिय गौरवका योजना घोषणा गर्दा त्यसैलाई प्राथमिकता दिइएको तर अहिलेसम्म तिनको प्रगति मन्द हुनु दुःखद छ।चुरेको फेदीबाट पूर्व-पश्चिम नहर निर्माण गरेर तराई - मधेसमा कृषिक्रान्ति गर्न सके देशमा खाद्यसुरक्षाको दिगो प्रत्याभूति हुनेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update