Setopana.com
बि. जी. अस्पताल पोखरामा  बिरामीका लागि डिप.टि.एम्.एस्.व्रेन्स वेब उपचार सेवा संचालनमा

बि. जी. अस्पताल पोखराले बिरामीहरुको उपचारको लागि नेपालमै पहिलो पटक अत्याधुनिक मसिन डिप.टि.एम्.एस्.व्रेन्स वेब सेवा परिचालन गरेको छ ।

 अमेरिकी ड्रग्स एण्ड फूड विभाग द्वारा मनोरोग उपचारका लागि अनुमोदितडिप.टि.एम्.एस् ब्रेन्स वेब नेपालमै पहिलो र एकमात्र मसिन हो । अल्जाईमर, डिप्रेशन, एन्जाइटिक र लागू पदार्थको कुलतमा फसेकाहरुको उपचारमा प्रयोग गरिने उक्त मसिनले चरणवद्ध रुपमा व्रेन्स वेबको माध्यमबाट मस्तिष्कको स्थिर नशा र सूक्ष्म भागलाई यान्त्रिक प्रकृयाले स्वचालित गरी सकारात्मक उर्जा सहित अति प्रभावित ढंगले छिटो र छरितो रुपमा उपचार गरिन्छ ।

 डिप.टि.एम्.एस् उपचार पद्धति ट्रान्सक्र्यानियल चुम्बकीय उत्तेजना, वा TMS मस्तिष्क उत्तेजनाको एक सुरक्षित, प्रभावकारी एवं साइड इफेक्ट बिनाको एक उपचार पद्धती हो। चिकित्सकको सल्लाह अनुरुप विभिन्न चरणमा गरिने सो उपचार पद्धति सस्तो, सुलभ र अति प्रभावित रहेको कुरा अस्पताल इन्चार्ज अनिता खड्काले जनाउनु भयो । बि. जी. अस्पातल व्रेन्स वेब विभागका चिकित्सकहरुले दिएको जानकारी अनुरुप विगत एक महिनादेखि परिचालनमा ल्याइएको उक्त मसिन मार्फत आजसम्म एकसय भन्दा बढीले उपचार गराई सकेका छन् । 

मनोरोग उपचारमा डिप.टि.एम्.एस्.व्रेन्स वेब मसिन नेपालमै एकमात्र मसिन भएकोले पनि देशका विभिन्न ठाउँहरुबाट बिरामीहरु आउने क्रम दिन प्रतिदिन बढदै गएको र अति छोटो समयमै बिरामीहरुको स्वास्थ्यमा सुधार आउने गरेको कुरा अस्पतालका डाक्टर माधव पराजुलीले जनाउनु भयो । अस्पतालले डिप.टि.एम्.एस् सेवासंगै सर्वसाधारणहरुको लागि बि. जी. स्पोर्ट मेडिसिन पनि संचालनमा ल्याएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update