Setopana.com
पोखरामा हुने अन्तर विद्यालय छात्रा क्रिकेटलाई कंगारुको साथ

 

पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा आगामी बैशाख १५ देखि शुरु हुन लागेको पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगितालाई कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गर्ने भएको छ । 

फाउण्डेशन र आयोजक पोखरा महानगरपालिका क्रिकेट संघविच उक्त सम्झौता भएको आयोजक समितिका अध्यक्ष विरेन्द्र पुनले जानकारी दिनुभयो ।

२०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई  क्रिकेटका माध्यमबाट पनि परिचित गराउन यो सहयोग गरेको फाउण्डन पोखराका निर्देशक टि आर काफ्लेले बताउनुभयो । अध्यक्ष पुनले फाउण्डेशनको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै यस्तै सहयोगबाट नेपाली महिला क्रिकेटले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । महिला टिमले क्रिकेटका माध्यमबाट नेपाललाई अन्र्तराष्ट्रिय जगतमा चिनाउन अहम भूमिंका निर्वाह गरेकोले महानगरले महिला क्रिकेटलाई प्राथमिकतामा राखको पुनको भनाई छ ।

पोखरा रंगशालामा बैशाख २१ गते सम्म सञ्चालन हुने प्रतियोगिताका पोखराका विभिन्न १२ विद्यालयलाई सहभागिता गराइने प्रतियोगिता संयोजक गोविन्द प्रधानले बताउनुभयो । सहभागि टिमलाई ४ समुहमा विभाजन गरि लिगकम नकआउटका आधारमा खेलाइने उहाँको भनाई छ । प्रतियोगितामा सहभागि विद्यालयले कम्तिमा पनि दुई खेल खेल्न पाउने छन् । लिग चरणमा शिर्षस्थान हाँसिल गर्ने हरेक समुहबाट एक विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफि मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यसैगरि हरेक खेलमा उमन अफ द म्याच, उमन अफ द सिरिज, बेष्ट व्याट्सउमन, बेष्ट बलर लगायतलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने कोषाध्यक्ष ऋषिकेश सर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update