Setopana.com
सूर्यचन्द्र बिकास समाजको उद्घोषण तथा भाषणकला तालिम

पोखरा महानगरपालिका वडा न ५ मालेपाटनस्थित  सूर्यचन्द्र बिकास समाजको उद्घोषण तथा भाषणकला तालिम सनिवार सम्पन्न भएको छ ।

तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको  थियो।

पौडेलले    समाज बिकासको क्रम बोल्ने सिपबाटै शुरु हुने हुदा समाजका अगुवाहरू परिमार्जित र परिष्कृत हुन तालिम फलदायी हुने  बताउनुभयो।

नेतृत्वमा हुनुपर्ने अनिवार्य सीप बोल्ने शैली भएको हुँदा समाजका हर क्षेत्रमा सो अत्यावश्यक  भएको भन्दै सिकेका कुरा व्यबहारमा उतार्न आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिका वडा न पाँचका विभिन्न टोल बिकास संस्थाका करिब ८० जना प्रशिक्षार्थीहरूको सहभागी रहेको तालिममा उद्घोषण ,भाषण र नेतृत्व बिकासको बारेमा

 जमुना बर्षा शर्माले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन सत्रमा   समाजका पूर्ब अध्यक्ष कृष्ण प्रसाद बराल,पोखरा महानगर कार्यपालिका सदस्य हरीमाया बिश्वकर्मा  ,वडा सदस्यद्वय  कल्पना भुवाजी क्षेत्री  , गोबिन्द पराजुली  सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समाजका अध्यक्ष कमला गौतमको अध्यक्षता सम्पन्न उद्घाटन कार्यक्रममा ,स्वागत उपाध्यक्ष  सावित्री कोइराला र   संचालन  महासचिब हेमराज भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update