Setopana.com
रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदान गर्ने विषयमा छलफल

राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’ बीच समाचार आदानप्रदान सम्बन्धी विषयमा छलफल भएको छ ।

 

कतारका अमिर शेख तमिम विन हमाल अल थानीको नेपालको आसन्न राजकीय भ्रमणसम्बन्धी समाचारलाई व्यवस्थित गर्न र रासस एवं कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदान गर्ने सम्बन्धमा आज रासस केन्द्रीय कार्यालयमा छलफल भएको हो ।

 

कतार न्यूज एजेन्सीका समाचार उपनिर्देशक युशेफ अहमद अलसाएदलाई रासस केन्द्रीय कार्यालयमा स्वागत गर्नुहुँदै राससका अध्यक्ष धर्मेन्द्र झाले कतारी अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा कतार न्यूज एजेन्सीका समाचार उपनिर्देशक अलसाएदले स्वागतका लागि आभार व्यक्त गर्दै दुवै समाचार एजेन्सीबीच समाचार सहयोग आदानप्रदान गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।

 

भेटमा राससका प्रधानसम्पादक एकराज पाठक, कतार न्यूज एजेन्सीका अधिकारी र नेपालस्थित कतारी दूतावासका प्रतिनिधि मजहर रहमानीसमेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update