Setopana.com
सम्पादकीय : सुनाखरी फुल्ने घार्मी, पिपलागैराकाे समीकाे रुख

पाेखरा १९ र १६ काे सिमा क्षेत्र, घार्मी मैदान टाेल अन्तर्गत पिपलागैरा, थुमबारीमा रहेकाे लगभग दुई सतक पुरानाे याे सममीकाे रुख यस भेकमा आउने पर्यटकहरुका लागि आकर्षणकाे केन्द्र हाे। 

 

अमलाबिसाैनी हरिपाउ सडक अन्तर्गत थुमबारी बाटाेमा भुईभरि झरा गाडेर उभिएकाे याे रुख यस क्षेत्रकै पुराना रुखमध्येकाे एउटा हाे र भाैगाेलिक दृष्टिले पनि पाेखरा र हिमालकाे सुन्दर दृष्य देखिने , चिसाे हवा बग्ने र हरेक जाे काेहीलाई सितल बस्न लाेभ्याउने स्थानमा छ।

 

 वषन्तकाे आगमनसंगै नयाँ पालुवा पलाएर फैलिएका रुखका हाँगाहरु र हाँगै पिच्छे ललित लस्कर फुल्ने सुनाखरी लता अनि उकेरा लाए झै भुईभरि फैलिएका जराहरुले हरेकाे जाे काेहीकाे मन लाेभ्याउँदछ । 

 

स्थानीय बुढापाकाहरु भन्छन् "याे रुख हामीले देख्दा यस्तै थियाे र आज पनि यस्तै छ, याे कम्तिमा पनि दुईसय वर्ष पुरानाे हुनु पर्दछ । पहिला पहिला घार्मी, कुरेचाैरका दाजुभाईहरुकाे सङ्गमस्थल र, भेडा बाख्रा गाई वस्तु हेर्न आउने गाेठालाहरुले चाेया काेत्रा बुन्दै कथा कथेर बस्ने ठाउँ हाे याे।" माेटरबाटाे नबनिन्जेल यसभेकका पैदलयात्रीहरुका लागि विश्रामस्थल थियाे । अहिले याे रुख बाटाेकाे बिचमा परेकाे छ । रुखका जराहरु प्राकृतिक कलाले कुधिए झै लाग्ने यस रुखले बाटाेमा हिडने हरेक जाे काेहीकाे मन खिच्दछ । ढिकीडाडा रिसर्ट जाने बाटाेमै पर्ने यस रुखकाे भुईबाट पछिल्तिर पुरनबेसीफाँट र श्वेत हिमालहरु देख्न पाइन्छ भने अगिल्तिर ठुलीबेसी फाँट र सुन्दर नगरी पाेखराकाे मनाेरम दृष्य देख्न पाइन्छ। त्यस्तै गर्मीयाममा यहाँ चल्ने चिसाे हवा र रुखकाे छहारी मुनिकाे विश्रामले अति आनन्द दिन्छ। अगिल्तिर छेवैमा रहेकाे पखेराे वनबाट पातबजाउदै बग्ने मन्द हवाले रुखकाे छहारीलाई थप शितलता दिन्छ भने रुखका हाँगैपिच्छै फुल्ने रगीन सुनाखरी लताहरुले रुखकाे सुन्दरतालाई थप आकर्षित बनाएकाे पाइन्छ।

 

यसरी पर्यटकहरुका लागि प्राकृतिक आकर्षण र पूर्खाैली धराेहरकाे रुपमा रहेकाे यस रुखलाई विश्राम स्थल र भेकिय दृष्यावलाेकका लागि थप व्यवस्थित गरी संरक्षण गर्न सबैकाे ध्यान जान पर्ने देखिन्छ । यसको लागी स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने कि ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update