Setopana.com
पोखरामा चौथो राष्ट्रिय ब्याडमिनटन प्रतियोगिता हुने

‘‘ समाज निमार्णमा आजका युवा र खेलकूद भन्ने मुल नाराका साथ ‘‘ लेक सिटी ब्याडमिनटन क्लबको आयोजनामा पोखरा महानगरपालिका वडा नंं ३० को भुगोल पार्कमा चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 


प्रतियोगितमा ए लेबल मेन्स , सि लेवल मेन्स,   भेट्रान्स र महिला डबल्स गरी चार विधामा झण्डै एक सय छब्बिस टिमको सहभागी हुने कुरा क्लवका अध्यक्ष शरण कुमार प्रधानले आज पत्रकार संम्मेलनमा जानकारी दिइएका हुन् । 


प्रतियोगिताको ए लेवल मेन्स डबल तर्फ प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल हुनेलाई क्रमशः ४१ हजार, २२ हजार, ६/६ हजार रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 


यस्तै सि लेवल मेन्स डबल तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३५ हजार, १८ हजार र ६÷६ हजार रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 
५५ बर्ष माथिका खेलाडीबीच हुने भेन्ट्रान्समा पहिलो हुनेले रु ३० हजार, द्धितीय ले १६ हजार र तृतीय हुनेले रु ५/५ हजार रुपैयाँ नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 


 यसै गरी महिला डबल तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, द्धितीय १५ हजार र तृतीय हुनेलाई ५/५ हजार नगद , शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने क्लवका उपाध्यक्ष रामबहादुर गुरुङ्गले जानकारी दिए । 


प्रतियोगितको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३्र० भूगोल पार्कको ब्याडमिन्टन हलमा बैशाख १४ र १५ गते  मध्यान्ह १ बजे हुने कुरा संस्थाका सचिव भविन पुनले जानकारी गरे  । 


प्रतियोगितका लागि करिब बाह् लाख पन्ध्र हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ००:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update