Setopana.com
ट्रान्स हिमालयएडभेन्चर चैत १९ देखि 

ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण चैतको १९ गते देखि सुरु हुने भएको छ ।

नेपाल अटो मोबाईल एसोसियसनको मोटरसाईकल र टुरिङ कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैतको १९ देखि २३ गतेसम्म सञ्चालनहुने भएको हो । 


नेपाललाई विश्वकै मोटर स्पोर्टस्को गन्तव्य बनाउने अभियानमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना हुने कार्यक्रममा काठमाण्डौ देखि पोखरा, जोमसोम,पोखरासम्म मोटरसाईकल टुरिङ र्याली हुनेछ ।


कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्दु्रक, वाग्लुङ्ग, तातोपानी, रुप्से झरना, लेते कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी सहित सेफ्टी राईडिङ्ग सम्वन्धित जनचेतना मुलक कार्यक्रम समेत हुनेछ । 


जोमसोममा मोटो खाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धि विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनको सहयोग  तथा गण्डकी अटो मोबाईल्स एसोसिएसनको प्राविधिक सहयोगमा हुने कार्यक्रममा पोखरामा हुने मोटो इन्डुरो च्याम्पियन सिपमा आएर समापन हुनेछ । 


कार्यक्रम संयोजक अनिल कुमार बरालले ट्रान्स हिमालय एडभेन्चरले नेपाली खेलकुद तथा पर्यटनमा छुट्टै पहिचान बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, राष्ट्रिय खेलकुद परिषद्ले नेपालको साहसीक तथा पर्वतीय खेलकुदमा लिएको चासो दिगो खेल पर्यटनको आधार बन्ने विश्वास देखिएको छ ।


 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update