Setopana.com
एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल उपाधीको लागि ढोलाहिटि र हेटौडा भिड्ने

 पोखरा रंगशालामा जारी दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीको लागि ढोलाहिटि फ्रीडम र हेटौडा भेट्रान्स भिड्ने भएका छन । 


प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमि फाईनल खेलमा चितवन भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै ढोलाहिटि फ्रीडमले फाईनल यात्रा तय गरेको हो । खेलमा ढोलाहिटिको तर्फबाट तेज वहादुर गलामि र प्रकाश राना मगरले १÷१ गोल गरे । खेलमा भोटाहिटिका प्रकाश राना मगर म्यान अफ द म्याच घोषित भए । 


खेलको ३५ औ मिनेटमा चितवनका गोलरक्षक छन्नु चौधरिले रेडकार्ड पाएर बाहिरिए पछि ढोलाहिटिले लगातार दुई गोल गर्दै फाईनलको यात्रा तय गर्न सहज बन्यो । त्यस्तै दोस्रो सेमिफाईनल खेलमा आयोजक एबिसी भेट्रान्सलाई पाखा लगाउदै हेटौडा भेट्रान्सले फाईनल यात्रा तय ग¥यो । हेटौडाका लागि सरोज थापाले निर्णायक २ गोल गरेका थिए । खेलमा सरोज थापा  म्यान अफ द म्याच घोषित भए ।


प्रतियोगिताको बिजेताले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड र मेडल प्राप्त गर्ने छन भने उपबिजेताले नगद ७७ हजार ७ सय ७७, शिल्ड र मेडल प्राप्त गर्र्नेे आयोजक अमरसिंह ब्वाइज क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल बिहीबार १ बजे पोखरा रंगशालामा हुने आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update