Setopana.com
रिलायन्स फाईनान्सकाकर्मचारी तथाग्राहकलाई लेखनाथ सिटी हस्पिटलमा बिशेष छुट


रिलायन्स फाइनान्स र लेखनाथ सिटी हस्पिटलबीच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका बिभिन्न सेवाहरुमा आफ्ना ग्राहक तथा बिरामीहरुलाई थप स्तरिय सुबिधा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । 


सम्झौता पश्चात फाइनान्सका बिशेष गरि साबिक लेखनाथ, रुपा गाउँपालिका, मादि गाउँपालिका, लम्जुङ, तनहुँ तथा गोर्खा जिल्लाका ग्राहकहरुले उच्चतम लाभ लिन सक्नेछन् ।

यद्यपि यो छुट योजना रिलायन्स फाईनान्स देशैभरिका ग्राहक तथा कर्मचारीहरुले उपयोग गर्न सक्ने छन्।  


रिलायन्स फाइनान्स लिमिटेडका शेयर धनी , कर्मचारी रकर्मचारीका परिवार तथा ग्राहकका लागि हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवा जस्तै अपरेसन,पोस्टअप, आईसियु,ल्याब, औषधी, रेडियोलोजि, डेन्टल तथा जनरल वार्ड लगायतका बिभिन्न सेवाहरुमा विशेष प्रतिशत सम्म छुटको व्यवस्था गरिएको हस्पिटलका प्रबन्धक बादल बस्नेतले बताए।


त्यस्तै हस्पिटलका शेयर सदस्य, संस्थामा कार्यरत डाक्टर तथा कर्मचारीहरूले रिलायन्सले प्रदान गरेको वित्तीय सेवाहरू सर्वसुलभ दरमा प्राप्त गर्नेछन् ।आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न विभिन्न व्यावसायिक संस्थाहरूसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा साबिक लेखनाथको पहिलो तथा हाल पोखरा २६, बुढिबजार स्थित लेखनाथ सिटी हस्पिटलसँग सम्झौता गरिएको पोखरा शाखा प्रबन्धक प्रकाश पौडेलले बताए ।

सम्झौता पत्रमा रिलायन्स फाइनान्स लिमिटेडको तर्फबाट पोखरा शाखा प्रबन्धक प्रकाश पौडेल र लेखनाथ सिटी हस्पिटलका तर्फबाट अध्यक्ष उदिप राज ढुंगानाले हस्ताक्षर गरेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update