Setopana.com
असली किसानको पहिचान हुनु पर्छ भन्ने किसानहरुको जोड

किसानलाई ब्यवसायिक बनाउनका लागि असली किसानको पहिचान हुनु पर्ने मंगलवार लेखनाथमा आयोजित कार्यक्रमका सहभागी किसानहरुले बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं २६ र वडास्तरीय कृषि सञ्जालको आयोजनामा कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले अनुदानका नाममा नक्कली किसान वनेर सरकारी पैसा खानेहरुले नै वास्तविक किसानलाई पछाडी पारेको उनिहरुको गुनासो थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले युवाहरुलाई कृषि सम्बन्धी ज्ञान सीप दिनुपर्ने र विदेशबाट  फर्केकाहरुले पनि विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गर्नुपर्ने सुझाव राखेका थिए ।

साथै अध्यक्ष थापाले कृषिलाई ब्यवासयि बनाउनका लागि असल कृषको पहिचान, जग्गा बर्गिकरणलाई पुनर्विचार ,अनुदानको व्यवस्था, कृर्षि उत्पादनको न्युनतम समर्थन मूल्यको सहि तरिकाले कार्यन्वय गर्ने र वडाको तर्फबाट किसान बजार सञ्चालन गर्ने जस्ता योजना रहेको बताएका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडेरियाले राज्यले कृर्षिको क्षेत्रमा गरेको ठुलो लगानीले सोचे अनुसारको प्रतिफल नआएकाले आगामी दिनमा नयाँ कृर्षि निती तयार पारी वास्तविक किसान केन्द्रित कार्यक्रम मार्फत स्वदेशी उत्पादनको प्रवद्धन गर्नुपुर्न आवस्यकता औल्याएका थिए ।

कृषि सञ्जाल पोखरा २६ का अध्यक्ष केशवराज ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा कृर्षि गरिमा एग्रो प्रालिका संचालक सरिता भुजेल, कृर्षि सञ्जाल पोखरा ६ की संयोजक भावना रानाभाट, वडा नं १३ का संयोजक नरेन्द्र अधिकारी,सिलि®े कृर्षि उत्पादक सहकारी सस्थाका अध्यक्ष ठाकुर रानाभाट र किसानहरुको तर्फबाट अमृता अधिकारी लगाएतले कृषिको क्षेत्रमा देखिएका समस्या र त्यसको निवारणका उपायहरुका वारेमा जानकारी गराएका थिए ।

कृषि सञ्जालका सचिब ईश्वरराज भण्डारीले संचालन गरेको कार्यक्रममा सह संयोजक देवि ढुगानाले कार्यक्रमको उदेस्य र उपयोगिताका बारेमा वताएकी थिईन । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update