Setopana.com
बि. जी. अस्पताल पोखराले "हाँसेर बाचौं" भन्ने सन्देस संगै मनायो होली 

बि.जी अस्पताल पोखराले आइतबार होली विशेष कार्यक्रम आयोजन गरि, "हाँसेर बाँचौ" भन्ने सन्देस संगै होली पर्व मनाएको छ । 

अस्पताल निर्देशक डा पुजन शर्माको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बोल्दै वरिष्ठ मनोचिकित्सक प्रा।डा। निर्मल लामिछानेले होली असत्यमा सत्यको विजयको प्रतीक हो र होलीका रङं संगै हाम्रो मन र जीवन पनि रंङ्गिन बनोस् भन्नुभयो । प्रा। डा। लामिछानेले होलीले हामी भित्र भएका रिस राग र वैमनस्यताको भावनालाई निर्मुल गर्दै जीवन हाँसेर बाचौं भन्ने जनाउछ भन्दै हाँस्नु , रम्नु र रमाउनु स्वस्थ्य जीवनको उर्जा हो भन्नुभयो ।  

अस्पताल ईन्चार्ज अनिता खड्काको आयोजनमा आयोजित सो कार्यक्रममा बि।जी अस्पतार परिवार, गण्डकी मेडिकल कलेजका स्वास्थ्यकर्मीहरु र अन्य आमन्त्रित सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । विभिन्न सांस्कृत कार्यक्रमसंगै आयोजित सो कार्यक्रममा उपस्थित सबैले आपसमा होलीको शुभकामना आदान प्रदान गर्दै सौहार्दिकताका साथ रङ्ग खेलेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update