Setopana.com
भुमे मैदान बहुउद्देश्यीय सामुदायिक समुहमा बैकुण्ठ


पोखरा १९घार्मीमा रहेको भुमे मैदान बहुउद्देश्यीय सामुदायिक समुहको पाचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।


शनिबार सम्पन्न अधिवेशनले बैकुण्ठ पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समुहको उपाध्यक्षमा डिल्लीराम पौडेल, सचिव रामप्रसाद पौडेल, सहसचिवमा खेमराज पौडेल र कोषाध्यक्षमा सुनिता अधिकारी पौडेल र सदस्यहरुमा झलक प्रसाद पौडेल, दामोदर पौडेल ,शोभा पौडेल , रामचन्द्र पौडेल , र दिपक पौडेललाई चयन गरेको छ।

FB_IMG_17111954968550682-1711198467.jpg

यस अघि अधिवेशनको उदघाटन गर्दै पुर्व वडाध्यक्ष शोभामोहन पौडेलले समाजको रूपान्तरण र विकासका लागि सामाजिक संघ संस्थाको भुमिका महत्वपुर्ण रहेको वताए । समुहका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एसइइ उत्तीर्ण समिर पौडेल, सन्दिप पौडेल,सचिन पौडेल, कुशल पौडेल,श्रीषा पौडेल र स्मृति पौडेल तथा जेष्ठ नागरिक इन्द्र माया पौडेल र पवित्रा पौडेललाई प्रमुख अतिथि शोभा मोहन पौडेल, अध्यक्ष रामचन्द्र पौडेल,वडा सदस्य कल्पना सुनारले सम्मान गरे। कार्यक्रममा वडा सदस्य कल्पना सुनार, समाजसेवी हिरा पौडेल पराजुली, शिवप्रसाद पौडेल, राजकुमार पौडेल,जयराम पौडेल, पोषराज पौडेल, डिल्लीराम पौडेल लगायतकाले समुहले गरेका कार्यको प्रशंसा गरेका थिए।

FB_IMG_17111955087957672-1711198480.jpg

समुहका उपाध्यक्ष दुर्गादेवी पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव माधवप्रसाद पौडेलले गरेका थिए।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update