Setopana.com
सामुहिक भावनावाटै समाजको विकास पुर्व मन्त्री खड्का

पोखराको बाटुलेचौर स्थित अमाली विसौनीमा  जीर्ण अवस्थामा रहेको सरस्वती, अम्बिका मन्दिर तथा आत्मज्ञान केन्द्रको पुननिर्माण भएको छ ।

पुनर्निर्माण गरिएका धार्मिक तथा ऐतिहासिक सम्पदाको शनिबार एक कार्यक्रमका बीच पुर्व मन्त्री कुमार खड्काले उद्घाटन गरे। कार्यक्रममा बोल्दै पुर्व मन्त्री खड्काले आफु नेपाल सरकार र गण्डकी प्रदेश सरकारमा मन्त्री भएको बखत जनताका आवश्यकताहरू लाइ केहि हदसम्म पुरा गरेको बताए। उनले पोखरा १६ पिछडिएको क्षेत्र भएकाले पनि आफ्नो ध्यान यसमा केन्द्रित भएको स्पष्ट पार्दै, विकासमा सबैको सामुहिक भावना हुनुपर्नेमा जोड दिए।


पुनर्निर्माण समितिका अध्यक्ष दिपेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा यस क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै समितिले पुर्व मन्त्री खड्कालाई सम्मान गरिएको छ । उनलाई अध्यक्ष दिपेन्द्र बस्नेतले सम्मान पत्र सहित दोशल्ला ओढायर सम्मान गरे । 

कार्यक्रममा समितिमा रहि विशेष योगदान दिने कार्यसमितिका दिनेश बस्नेत, प्रकास खड्का सहित आर्थिक तथा भौतिक सहयोग गर्ने सहयोग दातालाई पुर्व मन्त्री खड्का, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, पुर्व वडाध्यक्ष जीवन आचार्यले सम्मान गरे । कार्यक्रममा टोल विकास संस्थाका पुर्व अध्यक्ष होम बहादुर खडका, समितिका उपाध्यक्ष पार्वती बस्नेत, सचिव खगेन्द्र थापा लगायतकाले सबैको सहयोगबाट जिर्ण सम्पदाको संरक्षण सहित पुनर्निर्माण गरिएको बताए। पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट ५ लाख ७३ हजार र अपुग रकम सहयोग दाताबाट संकलन गरि निर्माण सम्पन्न गरिएको कोषाध्यक्ष राजु थापाले जानकारी दिए । उक्त कार्यका लागी करिब १६ लाख खर्च भएको बताइएको छ। उक्त धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा व्यवस्थापन स्थानिय टोल विकास संस्था र आमा समुहले गर्ने अध्यक्ष दिपेन्द्र बस्नेतले बताए ।

पुनर्निर्माण पछि त्यस क्षेत्रमा नियमित पुजा आजा गर्न र नियमित रूपमा प्रवचन गर्न सहज भएको छ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update