Setopana.com
बामपन्थी लेखकहरू एकजुट हुदैँ, घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित

 प्रगतिशील लेखक संघ मधेश प्रदेशको अधिबेशनमा वामपन्थी लेखकहरुले बाम धुर्विकरणको सुरुवात गरेका छन ।

 

वामपन्थी विचारकहरु छिन्नभिन्न भैइरहेको अवस्थामा मधेशवाट एकीकृत भएका वामपन्थी लेखकहरुको यो अधिबेशनले कम्युनिष्टहरुलाई जोडन महत्वपूर्ण कोशेढुंगा सावित हुने बिश्ववास गरिएको छ ।

 

लेखक संघ मधेश प्रदेशका अध्यक्ष वालमुकुन्द कार्कीको अध्यक्षतामा भएको खुल्लासत्रमा सहभागी बक्ताहरुले परिवर्तनको लागी कम्युनिष्ट धुर्विकरणको बिकल्प नभएको वताए ।

 

कम्युनिष्ट घटकहरुलाई एकैठाउँमा जोडने उदेश्यले नै प्राज्ञिक प्रगतिशील लेखकहरु एकैठाउँमा जोडिएको बताउदै केन्द्रिय उपसचिव डा. देवि दुलालले यस्को सुरुवात देशव्यापी भईरहेको जानकारी  दिए ।

 

यसैक्रममा उक्त अधिबेशनले विभिन्न पाटीमा सग्लन वामपन्थी विचारकहरुको प्रतिनिधित्व हुनेगरी नारायण घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित गरेको छ ।

 

समितिको उपाध्यक्षमा धनुषाबाट किरण झा, रुद्रसेन विश्वकर्मा, सचिव भिम कुमार राउत, सहसचिव मिना देवकोटा, कोषाध्यक्ष फुलगेन मगही चयन भएका छन् ।

 

सदस्यहरुमा भैरव प्रसाद गेलाल, चन्द्रमणि पौडेल, मुरलीप्रसाद यादब, मुकुन्द पौडेल, विजय रिजाल, जीवसी उदासी लगायत सबै सदस्य तथा पदाधिकारी सर्वसम्मत नै चयन गरिएको प्रगतिशील लेखक संघले जनाएको छ ।

 

मधेसका ८ वटै जिल्लाबाट दुई दुई जना रहनेगरी समिति गठन भएको छ । नवनिर्वाचित अध्यक्ष घिमिरेले मधेसमा प्रगतिशील लेखक संघको भुमिका शसक्त वन्ने र वाम घटकहरुलाई लेखनको ।माध्यमवाट एकै ठाउँमा जोडिन सन्देश प्रवाह गर्ने वताए ।


 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update