Setopana.com
सम्पूर्ण साना किसान सहकारीको गोदाम निर्माणको  ८० प्रतिशत काम सम्पन्न

पोखरा १९ चितेपानीमा रहेको सम्पूर्ण साना किसान सहकारीको गोदाम निर्माण कार्य ८० प्रतिशत  सम्पन्न भएको छ। 

गोदाम निर्माण कार्य जेष्ठ मसान्त सम्म सम्पन्न गरिने लक्ष रहेको छ। ५० लाखको इस्टमेटमा २ तला निर्माण गरिने लक्ष्य रहेको भएता पनि हाल  संघीय सरकार बाट प्राप्त पच्चिस लाख रुपयाँ र सहकारीको आफ्नै थप लागतमा २९ लाख रुपियाँको लागतमा भुई तलामात्र निर्माण गरिने सहकारीका अध्यक्ष धनञ्जय आचार्यले जनाउनु भयो। वर्खा लागेसंगै सहकारी मार्फत किसानलाई उपलब्ध गराईने बीउ बिजन र रासायनिक मल राख्नको लागि गोदामघर अत्यावश्यक रहेकोले जतिसक्दो चाँडो निर्माण कार्य सम्पन्न गरिन लागेको बताउदै अध्यक्ष आचार्यले अबको केही दिनमै सहकारी मार्फत किसानहरुलाई वितरण गरिने मल बीउ बिजन आफ्नै गोदामबाट बितरण गरिने बताउनु भयो । 

२०६९ मा स्थापित सम्पूर्ण साना किसान सहकारिमा हालसम्म ११९ समूह अन्तर्गत १०३१ सदस्य आवद्ध छन्।  
नियमित रुपमा अन्न बालीका बीउ बिजन, युरिया मल र कृर्षि औजारहरु वितरण गर्दै आएको यस सहकारीले विशेष गरेर युवाहरुको विदेश पलायन रोक्न र बाँझा खेतबारीहरुको उपयोग तथा असिना पानी, बाँदर आदि वन्यजीवहरुले क्षति नपु(याउने कम लागतमा सहजरुपमा उत्पादन गरी मनग्य फाइदा लिन सकिने हिसाबले आयुर्वेदिक मसलाजन्य प्याकेजमा बेसारखेतीलाई प्याकेजका रुपमा विस्तार गरेको छ । 

बेसारखेती प्याकेज अनुरुप नै चितवनको मङ्गलापुरबाट २०७९ मा ३ ट्रन बेसारको बीउ ल्याएर वितरण गरिएको थियो भने २०८० मा ७ ट्रन र स्थानीय किसानहरुले उत्पादन गरेको र चितवनबाट आयात गरिएको समेत गरेर यस वर्ष पनि आजसम्म ७ ट्रनभन्दा बढी बेसारको बीउ वितरण गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update