Setopana.com
बढ्दो वायु प्रदुषण र खानेपानीको हाहाकार

हाम्रो देश नेपाल पहाडी गाँउ वस्तीले भरिएको प्राचिन राज्य हो । सदिंयौ काल देखि पुर्खाहरुले बसोबास गर्दा पिउने पानी र स्वच्छ वातावरणको अवस्था हेरी बसोबास गरेको पाईन्छ ।

 

पहाडी मुलको पानीको श्रोतमा ढुङ्गेधारा, कुवा बनाई माटाका घैंटा गाग्री राख्न र वोकेर हिड्न सहज होस् भनेर वरिपरि ढुङ्गाको पर्खालमा पेटी वनाई भुईमा ढुङ्गा छापी गाई वस्तुले फोहोर नगरुन भनी चारैतिर पर्खालले घेरी सिढीं बाटो वनाई आवत जावत गर्थे ।त्यस देखि तल्लो भागमा गााई वस्तुलाई पानी पिउन , आहाल बस्न, साना ठुला पोखरी बनाइृ धारा कुवाको माथिल्लो भागमा रुख विरुवा फुलहरु रोपी देवी देवताका मन्दिर नभए रुखको फेदमा विभिन्न देवताका थान बनाउँथे ।

 

समय समयमा पुजा गर्दा कतै पशुवली त कतै खिर रोटीले पुजा आजा गर्ने चलन थियो । यसरी पानीको कुवा धारा माथि देवी देवताका स्थान बनाउनेमा धेरै वैज्ञानिकता देखिन्छ किनभने देवताको स्थान माथि वरपर कसैले पनि फोहर मैला सडे गलेका वस्तु फाल्नु र दिशा पिशाव गर्दा देवता रिसाउछन् , यसले हाम्रो वरपरको वातावरणलाइृ असन्तुलित वनाउछ ।देवता रिसाए भने दुख दिन्छन भन्ने डर हुन्थ्यो ।कसैले पनि फोहर मैला गदैन्थे ।त्यसैले सफा स्वच्छ पानी पिउन पाई निरोगी बलिया राता पिरा, उज्यालो अनुहार, तेजिला आँखा, फुर्तिलो शरिर भएका हुन्थे ।

 

आजभोलि वैज्ञानिक युगमा सुविधाका लागी विकासको नाउमा गाँउघर वरपरका खोल्सा खोल्सीवाट पाईपमा पानी ल्याई घरघरमा धारा मार्फत खानेपानीको सुविधा भएको छ ।तिनै खोल्सा खोल्सीको दायाँ बायाँ बसोवास गर्ने गाउँलेहरुले त्यही सडेगलेका बस्तु, फोहर मैला मरेका जन्तु जनावर  समेत फाल्ने गरेको देखिन्छ ।पानीको मुहान नजिकै घाँसपात, दाउरा मेला गर्दा दिशा पिशाव गरेको समेत पाईन्छ । पानी जम्मा गरेको टंकीमा सुरक्षा र स्वच्छताका लागी कुनै वैज्ञानिक उपाय गरेको पाईदैन। प्रदुषित पानी घरघरमा लगि उपयोग गर्नाले हाल मानिस अनेकौ किसिमका रोगले ग्रसित छन् । वायु मण्डलमा देखिएको असरले वातावरण ध्वस्त भएको छ भने परम्परागत रुपमा रहेका पानीका मुल, कुवा नै सुक्दै जान थालेका छन् । अहिले आएर पुर्खाहरुले बनाएका धारा कुवा कतै बाढी पहिरोले पुरिएका छन् भने कतै अव्यवस्थित तरिकाले खनिएका सडकले पुरिएका छन् । भएका श्रोतको पनि उचित संरक्षण नहुँदा शहरी क्षेत्र मात्र नभई गा्रमिण भेगमा समेत खानेपानीको हाहाकार हुन थालेको छ ।

 

एकातिर पानीका श्रोत सुक्दै जाने र अर्कातिर हरियाली पाखा पखेरा आगलागीको चपेटामा पर्नु यि दुवै मानव जाति र जिव जिवात्मा जगतका लागि सुखद पक्ष होईन । तर्सथ मानव जगतका लागि खानेपानी र प्रकृतिको संरक्षण आजको मुख्य आवस्यकता देखिन्छ ।
                                                    
 पोखरा– १६ कुरेचौर

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update