Setopana.com
एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन सुरू (फोटोफिचर)

 नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु भएको छ ।

 

आज देखी सुरु भएको सो बैठकमा २ हजार ४ सय ५४ जना प्रतिनिधिले सहभागी जनाउँदैछन । 

Polish_20240420_192547952-1713620532.jpg


 

शनिबारदेखि सुरू हुने प्रतिनिधि परिषदको बैठक वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ ।

महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्नेसमेत बताए ।

Polish_20240420_192440408-1713620567.jpg


 

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट–चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए । 

 

यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिएका छन् ।

Polish_20240420_192324840-1713620609.jpg


 

बैठकको अन्तिम दिन एकजना विशिष्ट व्यक्तिलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरिने उनले बताए । कार्यक्रममा अध्यक्ष ओलीका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायत अन्य पार्टीका शिर्ष नेताहरुलाई निमन्त्रणा पठाइ सकिएको जानकारी दिइएको छ ।

Polish_20240420_191824738-1713620656.jpg


 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update