Setopana.com
ठुलाकोट काल भौरवमा रोट पर्व

कास्कीको एतिहासि एवंम धार्मीक स्थलका रुपमा परिचित पोखरा २८ को ठुलाकोट काल भौरव मन्दिरमा यस वर्ष रोट पकाउने पर्वका रुपमा मनाईने भएको छ ।

वर्षको दुई पटक ठुलो दर्शै र चैते दशैमा भैरवको विषेश रुपमा पुजा पाठ गरिदै आएकोमा यस वर्षको चैते दशैका अवसरमा वैशाख ४ गते अष्टमीका दिन फरक र भिन्न तरिकाले भैरवको पुजापाठ गर्न लागिएको पिठादिस वसन्तनाथ योगीले जानकारी दिएका छन् ।

वि स २०८१ सालमा तिनवटा दशै पर्ने भएकाले यो वर्षमा भैरवले पुथ्वीको भ्रमण गर्ने प्राचिन भनाई रहेकाले भैरवलाई खुसी पार्नका लागि विशेष प्रकारको रोट पकाउने र भैरवलाई चढाउने प्रचलन अनुसार बिभिन्न सामाग्री मिसाएर तयार पारिएको एक पाथी पिठो वरावरको रोट पकाउने योजना रहेको पुजारी वसन्तनाथ वताउछन् ।

भैरवका नाममा बनाएकोे रोट प्रसाद खादाँ नयाँ वर्ष फलिफाव हुने,अन्न वाली राम्रो हुने, रोग ब्यादी नलाग्ने प्राचिन मान्यता रहेकाले रोटका लागि आवस्यक पर्ने चामल,आटाको पिठो,नारिवल,छोडा,ल्वाङ,सुकुमेल,दालचिनी,मिठासुप,चिनी ,काजु,अलैची,मरिज,ध्यू,गाईको दुध लगाएतका सामाग्री प्रसादको रुपमा जम्मा गरि वैधिक विधि पुर्वक यज्ञ मण्डपमा रोट पकाएर भैरवलाई चडाइने गरिन्छ ।

अष्टमीकै दिनमा ठुलाकोट काल भैरव मन्दिरमा चण्डी पाठ सहित भैरवको कार्यक्षेत्र भित्र कलश यात्रा निकालीने कार्यक्रम समेत रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष तिलकशाली अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update