Setopana.com
नीजि खर्चमा बनाइएकाे १० लाखको चमेना गृह धार्मिक बनलाइ हस्तान्तरण

 मोरङको उर्लाबारी–९ का रामबहादुर एभेङ लिम्बूले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा १० लाख रुपियाँ खर्चेर चमेना गृह निर्माण गरिदिएका छन ।

 


एभेङ परिवारले आफ्ना स्वर्गीय बुबा धनबहादुर एभेङको स्मृतिमा मोरङको पथरी शनिश्चरे –१० स्थित सिरिजङ्घा स्मृति धार्मिक वन परिसरमा चमेना गृह बनाइ धार्मिक वनलाई बिहीबार हस्तान्तरण गरेको हो । 

 

चमेना गृहको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोले उद्घाटन गरेका छन । गत मङ्सिर १८ गते शिलान्यास गरिएको ९ सय स्वायर फिटको जस्तापाताले छाएको चमेना गृहमा दुईकोठा छन् ।  

 


२०७९ साल माघ २ गते मृत्यु भएका धनबहादुर एभेङका पाँच छोरीहरू, तीन छोराहरु र पत्नी सञ्चरानी साम्वाले नीजि खर्चमा सार्वजनिक स्थानमा चमेना गृह बनाइदिनु दिएका हुन ।
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update