Setopana.com
प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपाल र नारालाई

  लेखनाथकाे बेगनासतालमा सञ्चालित प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधी वाटर स्पोर्ट्स नेपाल र नेपाल र्याफ्टिङ एजेन्सी एसाेसिएसन (नारा) ले हात पारेकाे छ ।

साेमबार सम्पन्न ५ सय मिटरतर्फकाे प्रतिष्पर्धामा १ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्रथम स्थान हासिल गर्न सफल भएकाे छ ।

 

प्रतियाेगितामा नेपाल र्याफ्टिङ एजेन्सी एसाेसिएसन (नारा) द्वित्तीय, विभागीय टिम नेपाली सेना तृतीय र बेगनासताल डुंगा व्यवसायी समितिकाे समूह सान्त्वना भएकाे छ ।

 

२ सय मिटरतर्फकाे प्रतिष्पर्धामा नेपाल र्याफ्टिङ एसाेसिएसन (नारा) काे समूह प्रथम, वाटर स्पोर्ट्स नेपाल द्वितीय, हर्पन फेवा मत्स्य सहकारीकाे जलारी समूह तृतीय, खास्टे न्युरेनी मत्स्य सहकारीकाे समूहले सान्त्वना स्थान हासिल गरेकाे छ ।

 

यस्तै महिलाहरुतर्फ ५ सय मिटरकाे प्रतिष्पर्धामा बेगनासताल डुंगा व्यवसायी समितिकाे समूह प्रथम हुन सफल भएकाे छ भने बेगनासताल मत्स्य व्यवसायी समितिकाे समूह द्वित्तीय र जलारी दिदी बहिनी समुह, फेवा तृतीय भएकाे छ ।

 

महिला तर्फकै २ सय मिटरकाे प्रतिष्पर्धामा बेगनास ताल मत्स्य व्यवसायी समितिकाे समूह प्रथम हुन सफल भएकाे छ भने बेगनासताल डुंगा व्यवसायी समितिकाे समूह द्वित्तीय र जलारी दिदी बहिनी समुह, फेवा तृतीय भएकाे छ ।

प्रतियोगितामा पाँच सय मिटरमा प्रथम हुनेले दुई लाख, द्धितिय हुनेले एक लाख ५० हजार र तृतिय हुनेलाई ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख द्धितियलाई ५० हजार र तृतियलार्ई रु. २५ हजार पुरस्कार प्रदान गरिने छ ।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ र ड्रागन बोर्ड एशोसियसन गण्डकी प्रदेशको सह आयोजनामा आइतबारबाट शुरु भएकाे प्रतियाेगिताकाे युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update