Setopana.com
मनोचिकित्सक संघ नेपाल गण्डकी प्रदेशको २६ औं क्षेत्रीय सी.एम.ई

मनोचिकित्सक संघ नेपाल गण्डकी प्रदेशले २६ अ‍ौं कन्टिन्यू मेडिकल एजुकेशन सम्पन्न गरेको छ। 

 पोखरा १२ माटेपानी स्थित एसआरकेसी कन्फेरेन्स हलमा डा निना राई तथा डा राजन शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा मनोचिकित्सा संघ नेपालका अध्यक्ष प्रा डा रवि शाक्य तथा डा देवेस चन्द्र घिमिरेले स्वास्थ्य जीवनको लागि संगीतको भूमिका र मनोरोगमा संगितले दिने स्फूर्तताका विविध विषयमा सोध पत्र प्रस्तुत गर्नु भएको थियो ।

 कार्यक्रममा संगितले मानव जीवनमा पार्ने विभिन्न सकारात्मक प्रभावहरुको विषयमा अन्तर्कृया समेत गरिएको थियो कार्यक्रममा बोल्दै प्रा डा देव थापाले गीत संगितले मनस्थितिमा आनन्दमय उर्जा प्रदान भई विभिन्न रोगहरुबाट बच्न सकिने कुरा औल्याउनु भयो ।कार्यक्रममा प्रा डा रवि शाक्य, प्रा डा निर्मल लामिछाने लगायत विभिन्न चिकित्सकहरुले सांगितिक प्रस्तुति दिएका थिए।

कार्यक्रम व्यवस्थापनका अध्यक्ष वरिष्ठ मनोचिकित्सक प्रा डा निर्मल लामिछानेको व्यवस्थापनमा मणिपाल कलेज,गण्डकी मेडिकल कलेज , बि जी हस्पिटल एवं रिसर्च सेन्टर तथा पोखरा विज्ञान प्रतिष्ठान सह प्रायोजनमा भएको सो कार्यक्रम डा सुनिता लामाले संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update