Setopana.com
शंकरदेव क्याम्पसकाे स्ववियुद्वारा हाेली विशेष कार्यक्रम, नयाँ विद्यार्थी आन्दोलनमा जाेड

 काठमाडौंकाे शंकरदेव क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले हाेली विशेष कार्यक्रम मनाएकाे छ । क्याम्प प्रांगणमा आइतबार आयाेजित कार्यक्रममा विद्यार्थी आन्दोलनलाई देश विकासमा जाेड्नुपर्ने आवश्यकता औँल्याएएकाे हाे । 

नेपाली कांग्रेसका युवा नेता शुभराम बस्नेतले शंकरदेव कलेजकाे विकासका स्ववियुकाे विशेष याेगदान गरेकाे बताए 
। "सबै जसाे क्याम्पसकाे स्ववियुमा नेविसंघकाे उपस्थिति छ । देश परिवर्तनका लागि विद्यार्थी नै लाग्नुपर्छ," उनले भने, देश निर्माण गर्ने विद्यार्थी उत्पादनमा स्ववियुले जाेड दिनुपर्छ ।"  

नयाँ जाेगीहरु धेरै खरानी घसेर स्टन्ट गर्दै नागरिकमा भ्रक छर्ने काम गरिरहेकाे बताए । सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीकम सभापति रवि लामिछाने स्वार्थकाे द्वन्द्व हुने गरी  गृहमन्त्री बनेर नैतिकताकाे राजनीतिलाई चुनाैती दिएकाे नेता बस्नेतले बताए । 

२०८४ पछि साना माओवादी केन्द्रजस्ता सत्ता लिप्त साना दलकाे दाेकान बन्द हुने बस्नेतले बताए । 

यस्तै शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले विद्यार्थीकाे हक हितका लागि धेरै काम गर्न बाँकी रहेकाे बताए । 

शंकरदेव क्याम्पका लागि बागमती प्रदेश सांसद दीपेन्द्र श्रेष्ठकाे पहलमा ५० लाख र शंकरदेवका पूर्व सभापति शुभराम बस्नेतकाे पहलमा काठमाडौं महानगरपालिकाबाट ४० लाख प्राप्त भएकाे सभापति बस्नेतले बताए । 

यस्तै शंकरदेव स्ववियु सचिव मदन उपाध्यायले मुर्झाएकाे विद्यार्थी आन्दोलन उठाउनुपर्ने चुनाैती देखिएकाे बताए । कार्यक्रममा काठमाडौं उपत्यकाका  विभिन्न क्याम्पसका स्ववियु सभापतिहरुकाे उपस्थिति रहेका थियाे ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update