Setopana.com
जनजागृति आमा समुहमा शान्ति

पोखरा महानगरपालिका वडा नं १९ पुरून्चौरमा रहेको जनजागृति आमा समुहको २७ औं वार्षिकोत्सब तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।

 

शनिबार सम्पन्न अधिवेशनले शान्ति बास्तोलाको अध्यक्षतामा एक सदस्य पछि थप गर्ने गरी ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समुहको उपाध्यक्षमा निरू भण्डारी ढुंगाना, सचिवमा कविता आचार्य, सहसचिवमा नारायणी भुजेल, कोषाध्यक्षमा शोभा बास्तोला र सदस्यहरुमा सृजना थापा,मैया ढुंगाना,वासना खनाल रिता तिवारी ढुंगाना र द्ोपदा बास्तोला चयन हुनुभएको छ। 

 

यसअघि अधिवेशनको उदघाटन गर्दै पोखरा १९ का वडा सदस्य विकास आचार्यले समाजको विकास परिवर्तनका लागि अामा, दिदी बहिनी हरु समयानुकूल परिवर्तन हुनुपर्नेमा जोड दिए। कार्यक्रममा विन्ध्यश्वरी मा विका अध्यक्ष एकराज ढुंगाना, प्रधानाध्यापक श्रीराम आर्चाय, विन्ध्यश्वरी युवा क्लबका अध्यक्ष थमकुमार केसी, पुर्व अध्यक्ष मिनराज ढुंगाना लगायतकाले यस क्षेत्रको विकासमा आमा समुहले खेलेको भूमिका प्रशंसनिय रहेको वताए।

 

 समुहका अध्यक्ष निरा ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कल्पना ढुंगानाले गरेकी थिइन्।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update