Setopana.com
युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित

 युनाइटेड अजोड इन्स्योरेन्सको आइतबार बसेको ३०औँ वार्षिक साधारणसभाले १०.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  कम्पनीको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश स्वीकृत गरिएको हो ।

 

त्यस्तै उक्त सभाबाट सञ्चालक समितको वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७९/८० को साविक अजोड र युनाइटेड अजोड इन्स्योरेन्सको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण नियुक्ती गरिएको छ । साथै, चालु आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक जेबि राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरिएको पनि कम्पनीले बताएको छ ।साधारण सभासँगै भएको सञ्चालक समिति सदस्यहरुको निर्वाचनमा संस्थापक सेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणवकुमार दास र बलराम खनाल निर्विरोध निर्वाचित भएका छन् ।

 

त्यस्तै, सर्वसाधारण सेयरधनीतर्फ पानुदत्त पौडेल र शम्भु अधिकारी निर्विरोध निर्वाचित भएका छन् । कम्पनीले गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरिएको जनाएको छ । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स आपसमा गाभिए (मर्जर)पछि पहिलो पटक गरिएको कम्पनीको साधारणसभाले लाभांश वितरणका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय पनि गरेको छ ।

 

कम्पनीको नियमावलीमा सञ्चालकको संख्या र कार्यकाल तथा नियुक्ति सम्बन्धमा आवश्यक संशोधन गर्न साधारणसभाबाट स्वीकृति दिइएको छ । दुवै कम्पनी गाभिएपछि गत जेठ १४ गतेदेखि युनाइटेड अजोड कम्पनीका नामबाट एकीकृत सुरु भएको थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update