Setopana.com
एल आई सी ले दियो २४ घण्टा भित्रको मृत्युदावी

बहुराष्ट्रिय कम्पनी एल आई सी नेपालले विमा गरेको २४ घण्टा भित्रको मृत्युदावी भुत्तानी प्रदान गरेको छ । कम्पनीले दुर्घटनमा परि ज्यान गुमाएका कास्कीको अन्नपुर्ण गाउपालिका वाड नं ३ स्थायी ठेगाना भएका माधव पौडेलको परिवारलाई दुर्घटना सहितको रु १०लाख २६ हजार पाँच सय रुपियाँ प्रदान गरेको हो । 


 एल आइ सी नेपाल पोखरा साखाको ईतिहासमा पहिलो पटक विमा गरेको २४ घण्टा भित्र दुर्घटनामा पनि ज्यान गुमाएको परिवारलाई दुर्घटना लाभ सहितको मृत्युदावी भुत्तानी गरेको साखा प्रमुख सन्जिव  खनालले वताएका छन् ।


स्वर्गीय पौडेलले गत असोज १२ गते अभिकर्ता आसिक शर्मा मार्फत रु पाँच लाखको विमा गराएका  थिए भने उनको असोज १३ गते पर्वतको कुस्मा नगरपालिका वडा नं ७÷८ सिमानामा रहेको तमादिखोलामा एक्कासी आएको वाडीले वगाएर मुत्यु भएपछि कम्पनीले दुर्घटना सहितको मृत्युदावी भुत्तानी गरेको हो । 


दुर्घटनामा परि ज्यान गुमाएका माधव पौडेलका वुवा रघुनाथ पौडेललाई एल आई सी नेपाल गण्डकी प्रदेशका प्रमुख हेमराज जोशी,पोखरा साखाका प्रमुख सन्जिव खनाल,एजेन्सी म्यानेजर विष्णु तिमिल्सीना र अभिकर्ता आसिक शर्माले सयुत्त रुपमा उत्त रकम वरावरको चेक हस्तान्त्रण गरेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update