Setopana.com
सिष्ठेनी मेला वैशाख २ देखी

रुपा युवा क्लबको आयोजनमा पोखरा- ३२ रुपातालको छेउमा छैटौं रुपा सिष्ठेनी मेला हुने भएको । करिब ६ सय वर्ष अघिदेखी सुरु भएको सिष्ठेनी मेला २०८१ साल वैशाख २ गतेदेखि ५ गतेसम्म हुने भएको रुपा युवा क्लबका अध्यक्ष नमराज खड्काले जानकारी दिए ।

मेलामा खुल्ला जुनियर पुरुष भलिबल प्रतियोगिता, महिला पुरुष रस्साकसी प्रतियोगिता, छेलो प्रतियोगिता हुने खड्काले जानकारी दिए । भलिबल प्रतियोगितामा प्रथम हुनेले ६५ हजार ५ सय ६५ रुपैयाँ, दोस्रो हुनेले ३५ हजार ५ सय ३५ रुपैयाँ पुरस्कार स्वरुप पाउँने छन् । प्रतियोगितमा करिब २० टिम सहभागी हुने अनुमान गरिएको छ ।

महिला पुरुष रस्साकसी प्रतियोगितामा पहिलो हुनेले र छेलो प्रतियोगितामा पहिलो हुनेले ५ हजार रुपैयाँ पाउने छन् । साहित्य कला, संस्कृति धर्मको जागरण गर्ने, रुपाताल वरीपरी क्षेत्रको लागी विकासको पहल गर्नेृ, आन्तरिक र बाहय पर्यटन प्रवद्धर्न गर्ने लगायतको उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष धिरजकुमार श्रेष्ठले जानकारी दिए ।

मेलाको लागी करिब १९ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने करिब १ लाख बचत गरिने अनुमान गरिएको छ । मेला सम्पन्न गर्नको लागी प्रायोजक व्यवस्थापन उपसमितिको संयोजकमा बसन्त जोशी, प्रचार प्रसार उपसमितिको संयोजकमा बिजय बस्नेत, सचिवालय संचालन तथा खेलाडी व्यवस्थापन उपसमितिको संयोजकमा सन्तोष सुनार, खानेपानी व्यवस्थापन उपसमितिको संयोजक भक्त बहादुर खड्का, सुरक्षा उपसमिति संयोजकमा सुवास मिजार, मञ्च व्यवस्थापन तथा साउन्ड सिस्टम उपसमिति संयोजकमा सुवास गुरुङ, अतिथि सत्कार उपसमिति संयोजकमा साबित्री सुबेदी, पुरस्कार तथा व्यानर उपसमिति संयोजक शिशिर जोशी, प्रवेशद्धार तथा स्टेज व्यवस्थापन उपसमितिको संयोजकमा हरि सुबेदी, प्राथाकिक उपचार उपसमितिमा नारायण केसी, अनुगमन उप समितिको संयोजक सर्वजित गुरुङ, खेलमैदान व्यवस्थापन उपसमिति संयोजक महेश गुरुङ, कलाकार व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम उपसमिति मोनिका श्रेष्ठ, फोटो तथा भिडियो व्यवस्थापन उपसमिति संयोजक अमृत अधिकारी, सल्लाहाकार उपसमिति संयोजक हरी प्रसाद पगेनी र पार्किङ व्यवस्थापन उपसमिति संयोजकमा मिलन केसी रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update