Setopana.com
डायमण्ड माविमा शैक्षिक मेला

 पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको डायमण्ड माविले द्धिदिवसीय रुपमा आफनो ३६ औं वार्षिकोत्सव मनाएको छ । 


मुल कार्यक्रम फागुन ७ गते राखिए पनि आईतवार भएको पहिलो दिनको कार्यक्रममा विद्यार्थीहरुद्धारा बृहत्त शैक्षीक प्रर्दशनी तथा सांकृतिक कार्यक्रम राखिएको थियो । 


पहिलो दिन राखिएको डाममण्ड मेलाको उद्घाटन गर्दै आई एन जी ग्रुपका अध्यक्ष एवं शिक्षा उद्यमी सुलभ बुढाथोकीले वार्षिकोत्सवको अवसरमा आयोजित मेलामा राखिएका स्टलहरुमा विद्यार्थीहरुले गरिरहेका गतिविधिहरु नै उद्यमशिलता भएको वताए । उनले यसलाई नै निरन्तरता दिन सके उद्यमशिलताको विकास एवं स्वरोजगार बढ्न सक्ने विश्वास दिलाएका थिए । 


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछाने (भोला)को अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल याम बहादुर रोकाले बिद्यार्थीको सिकाई व्यवहारीक र प्रयोगात्मक हुन सके विद्यार्थीहरु रोजगारका लागि विदेसिनु नपर्ने धारणा राख्दै दुई दिवसीय वार्षिकोत्सवको अवसरमा पहिलो दिन आयोजना गरिएको मेलाको उद्धेश्य विद्यार्थीहरुमा अन्र्तनिहित प्रतिभाहरुको प्रर्दशन गर्दै त्यसबाट विद्यार्थीहरुको सिर्जनशिलता र उद्यमशिलताको विकास गराउनु रहेको वताए ।


पहिलो दिनको कार्यक्रमलाई डायमण्ड मेलाका रुपमा प्रस्तुत गरिएको कार्यक्रममा विद्यार्थीहद्धारा विविध किसिमका गीत,संगित र नृत्यका सास्कृतीक कार्यक्रम एवंम होटल म्यानेजमेण्ट विषयमा अध्यनरत विद्यार्थीहरुद्धारा प्रस्तुत गरिएको फुड् फेस्टीवल सहितको उद्मशिलताका सम्वन्धमा तालिम तथा परामर्श प्रदान गरिएको शिक्षीका सविता ढुगानाले जानकारी दिएकी छन् । 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update