Setopana.com
लेखनाथ सहकारीको स्थापना दिवसमा निवन्ध लेखन

पोखरा २६ को अर्घौमा रहेको लेखनाथ वचत तथा ऋण सहकारी सस्थाले आफनो १५औं वार्षिकोत्सव तथा १६ औं स्थापना दिवसको अवसरमा अन्तर मावि स्तरिय निवन्ध लेखन प्रतियोगिता गरेको छ ।

सहकारीका क्षेत्रमा देखिएका विविध खालका समस्यालाई कसरी निराकण गर्न सकिन्छ भन्ने उदेस्यले नेपालमा सहकारीको वर्तमान अवस्था,अवसर र चुनौतीका विषयमा समाजमा सहरात्म शन्देस दिने गरि राखिएको प्रतियोगितामा १८ विद्यालका ३७ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

सहकारीका अध्यक्ष हरि वहादुर जि सीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लेखनाथ सापकोटाले सहकारीको अवस्थाका बारेमा जानकारी गराएका थिए भने कार्यक्रम संयोजक विकास सापकोटाले निवन्ध लेखनको उदेस्य र उपयोगिताका बारेमा वताएका थिए ।

प्रतियोगिताको निर्णायकमा पोखरा महानगरपालिका सहकारी विभागका प्रमुख रविरमण तिवारी,सस्थापक अध्यक्ष नारायणदत्त वस्ताकोटी र प्रध्यापक नवराज अधिकारी रहेका थिए । प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई सनिवार हुने सस्थाको अर्धवार्षीक समिक्षा कार्यक्रममा पुरस्कुत गरिने ब्यवस्थापक गोविन्द लामिछानेले जानरकारी दिएका छन् ।

यसैविच सहकारीले हरेक स्थापना दिवसका दिन पोखरा २७ को जय गुरुदेव मन्दिर परिसरमा बृक्षारोपण गरिएका फुलफुलका विरुवाको गोडमेल तथा नयाँ विरुवाहरु समेत लगाईएको वताईएको छ । उक्त कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने र उपाध्यक्ष अम्विका गौतमले सहकारीका वारेमा वाहिरी हल्ला तथा टिका टिप्पणीहरु वढि हुदाँ समस्या सृजना भएको वताएका थिए ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update